JYOTIPUNJA SIGN T.
AAROHAN
KATHMANDU DABLI
M ART THEATRE
NEPAL ACADEMY
NAVASRIJANA
SAAN
SANGYA THEATRE G.
SANSKRITIK Sansthan
SARWANAM THEATRE
SHILPI THEATRE
STUDIO 7
RANGASARATHI
" घनचक्कर "
"..घनचक्कर'को मूल विशेषता भन्नु 'मल्टिमिडिया'को प्रयोग पनि हो । नाटकको 'म'पात्रसँग सम्बन्धित जनआन्दोलन, नारायणहिटी र सिंहदरबार भित्रसम्मका कुरालाई जीवन्तता दिन 'मल्टिमिडिया' अर्थात पर्दाको दृश्यले खुबै सघाएको छ । "
केही समय यता चर्चामा छ - सञ्जीव उप्रेतीको 'घनचक्कर' । असामान्य चरित्रहरूलाई प्रयोग गरी लेखिएको 'घनचक्कर'को शैलीलाई असामान्य र पृथकता सिद्ध गर्ने होडमा एउटा वर्ग जोडतोडका साथ लागिपरेको बात पनि लागेको सुनिन्छ यतिबेला । तर जसले जे भने पनि 'घनचक्कर' नेपाली साहित्यको एक पढिन लायक कृति भने पक्कै बनेको छ । अब कुरा पाठकमा मात्रै सिमित रहेन । 'घनचक्कर' लाई आरोहणका सुनील पोखरेलले नाटकको आवरण पहिर्याईदिएपछि यो पाठकको मानसपटलबाट दृश्यमा रूपान्तरित भएको छ । 'घनचक्कर'का रङ्गकर्मीद्वय सलिल सुवेदी र कमलमणि नेपालभित्र 'म' पात्रको अनुहार खोज्न अब धेरै माथापिच्ची गर्नु पर्दैन । त्यसो त टेलिसंसारमा बेजोड छवी बनाएका दिलभुषण पाठकले पनि राइनरलाई आफ्नोपन दिएका छन् रङ्गमञ्चमा । बर्नाडसाले भनेका छन्, "नाटकको एक मात्र लक्ष्य दर्शकलाई साँच्चैका मान्छेमा साँच्चैको घटना घटिरहेको छ भन्ने आभाष दिलाउनु हो ।" शायद 'घनचक्कर' सम्म आइपुग्दा यसका क्याप्टेन सुनिल पोखरेलले यतिबेला यो सत्यलाई राम्रैसँग बुझेका छन् । नत्र सात वर्षघिसम्म पनि मल्टिमिडियालाई रङ्गमञ्चसँग मिसाउँदा 'चलचित्र'को बात लगाउनेहरूमा उनी पनि पर्थे । 'घनचक्कर'को मूल विशेषता भन्नु 'मल्टिमिडिया'को प्रयोग पनि हो । वास्तवमा सञ्जीव उप्रेतीको 'घनचक्कर'लाई रङ्गमञ्चमा उतार्नु जोकोहीको बशको कुरा पनि होईन । र, यसलाई अभिनय कला मार्फ मात्रै न्याय दिन पनि सम्भव थिएन । नाटकको 'म'पात्रसँग सम्बन्धित जनआन्दोलन, नारायणहिटी र सिंहदरबार भित्रसम्मका कुरालाई जीवन्तता दिन 'मल्टिमिडिया' अर्थात पर्दाको दृश्यले खुबै सघाएको छ । थपमा क्रोध, शान्ति, बेचैनी आदी भावलाई दर्शाउन आगो, बादल, पानीको समेत राम्रो प्रयोग देखिन्छ । सञ्जीवको 'घनचक्कर' पागलपनको पराकाष्ठ नलाग्न पनि सक्छ नाटक हेरीसकेपछि । अर्थात् यो उपन्यास पढ्दा जति असहज लाग्छ, मञ्चमा त्यसको ठिक विपरित सुन्दर र सहज लाग्छ । यसले सुनील सञ्जीवभन्दा एक कदम अगाडि देखिन्छन् पागलपन सफलतापर्ूवक बुझाउन । सिप्लेले नाटकलाई तीन वटा अर्थमा उल्लेख गरेका छन् - "व्यापक रूपमा यो जुनै प्रकारको अनुकरणात्मक पर््रदर्शन कला हो, विशेष अर्थमा यो अभिनेताहरूद्वारा प्रस्तुतीकरणका लागि लिखित आलेख हो र एक सीमित अर्थमा यो गम्भीर, सामान्यतः यथार्थवादी कला हो ।" 'घनचक्कर'को सवालमा भने यो सत्प्रतिशत लागु हुदैन । यो रङ्गमञ्चका निम्ति लेखिएको पनि होईन । र, यसमा काल्पनिक र रोमाञ्चक पृष्ठभूमी प्रशस्त छन् । 'घनचक्कर'लाई निर्देशक पोखरेलले स्वयम् सञ्जीवले लेखेको पागलपन भनिदिएका छन् जुन जो कोहीले पनि अनुभव गरेको हुनसक्ने उनको अनुमान छ । नाटक 'घनचक्कर' धेरै अर्थमा विशेष हुँदाहुँदै पनि यसका केही कुरा अनमेल लाग्छन् । 'म' पात्रका रूपमा सलिलको अभिनय कलामा खोट लाउने ठाउँ छैन तर पनि उनी नाटकको चरित्रमा प्राध्यापक कम र सङ्गीतकार ज्यादा लाग्छन् । तर पनि नाटकमा सलिलको सङ्गीत कर्ण्र्ाा्रय छ । मानसिक अस्पतालका डाक्टर र नर्सहरूको सम्वाद सम्प्रेषण यति असमान्य लाग्छन् कि तीनीहरू स्वयं पागल हुन् । 'म' पात्र र यसको अर्न्तर्मन स्पष्ट नछुट्टनिु, पागल भई विभिन्न खोजमा भौतारिरहेका 'म' पात्र एक्कासी अस्पतालसम्म देखिनु, नाटक आरम्भ हुनुअघि नाटयशालाभित्रै सेना बनेका कलाकारहरूले दर्शकसित नमिठो व्यवहार गर्नु, वेडमा जुत्ता सहित विरामीलाई सुताइनु जस्ता प्रसंगले नाटकको मिठास मारेको छ । समग्रमा भन्नुपर्दा नाटक 'घनचक्कर' आरोहणको एक अर्को प्रसंसायोग्य कदम हो । नेपाली नाटयकृति नपाइरहेको भन्ने अवस्थामा आरोहणले यसरी साहित्यिक कृति -उपन्यास, नै सही) रङ्गमञ्चमा मञ्चन गर्ने जुन जमर्को गरेको छ त्यो सुनीलको सुन्दर पक्ष हो । उनको यस्तै प्रयासको पछि पनि अपेक्षा धेरैले गरेका छन् । अन्त्यमा 'घनचक्कर'का अन्य सफल आरोही विजय विस्फोट, नीशा शर्मा, सौगात मल्ल, राजकुमार पुडासैनी, सरिता गिरी, मणिराम पोखरेल प्रसंसाका भागिदार हुन् ।
Seprate Academy for Music and Drama
मञ्चमा 'त्यो योद्धा को हो ?'
मुगुमा आरोहण !
Sarwanam In Its Own Theatre
Sign up to get Free...
Poetic Invasion
Dabali And Folk Plays
www.nepaliwedding.co.nr
Put Your Wedding Moments Here
To Cherish For Your Life Time