|
बलवीर ः-जु“घा मुसार्दै) लौ त
मसिने झ् घरको मुखिया तै“ होस्... बेला पनि निकै
बितिसक्यो । कति कामले पञ्च बोलाएको हो .... हामीले त
अझ पनि राम्रे मेलो पाएका छैनौ“ ।
आले बूढा ः-चारैतिर हेरेर) हो
माइला झ् -बूढाले मसिनेलाई सानैदेखि माइला भन्छ) सबै
भेला हुने चाहिने भेला भइगए । अब चाहिने कसलाई कर्ुर्ने
- कामकाज चाहिने कसलाई कर्ुर्ने - कामकाज चाहिने झटपट
बेस ।
मसिने ः-एकपटक चारैतिर राम्ररी
हर्ेछ, फेरि एकछिनसम्म स्वास्नीलाई हेरिरहन्छ अनि
पञ्चतिर हेरेर) बाबुबाजेले पनि नबोलाएको पञ्च आज यो -स्वास्नीलाई
देखाएर) रा“डले गर्दा बोलाउनुपर्यो । कुरा गर्नु पनि
लाजमर्दो ।
बलवीर ःत“लाई केको लाज -
आइमाईको भरोसा हुन्न भन्ने सबैलाई थाहा नै छ । फेरि
पञ्च बोलाइहालिस्, अब लाज मानेर के हुन्छ -
मसिने ःठीकै भन्नुभो बडाबाबुले
-मसिने बलवीर धर्तीलाई बढाबाबु भन्छ) । यसको -स्वास्नीपट्ट
िइशारा गरेर) अकलमा कीरा परेर नाउ“ फालिहाली ।
भद्रसिंह ः-घोक्रो सफा गर्दै)
कुरा भनेको छिटो मीठो राम्रो । कि कसो...कसो माइला - -भद्रसिंह
बूढा मसिनेलाई माइला नै भनेर बोलाउ“छ ।) अब कामको कुरा
गरे असल होला ।
बलवीर ःअ“, के भयो - भन् मसिने
।
मसिने ःकुराचाहि“ यति नै हो
बडाबाबु, यस रा“डलाई -स्वास्नीलाई देखाएर) मैले दुःख
गरेर भएपनि दर्ुइ छाक मीठोमसिनो खान दिएकै हु“ ।
जस्तोसुकै गरेर भएपनि एकसरो लुगा लाउन दिएकै थिए“ ।
आजसम्म एउटा नमीठो वचन यसलाई बोलेको भए तपाईंहरूको मासु
खाने । यसलाई बिहे गर्दा पनि लरतर गरेको होइन ...
झ्याइ“झ्याइ“ पञ्चबाजा बजाएर भित्र्याएको हो । यसलाई
के पुगेन र नसेस“ग लागी -
आले बूढा ः-आ“खा ठूल्ठूला
पारेर नसेलाई...हर्ेर्दै) तेरो चाहिने बुद्धि कता गयो
ए नसे - जसको चाहिने जौ खानु ... उसैको चाहि“ने जु“घा
मुड्नु झ् त“लाई हैजाले लान नसकेको ....
नसे ः-रुन्चे स्वर बनाएर) बैकुण्ठको बाटो नपाऊ“ मैले
केही बिराएको भए । त्यस्तो पाप काम गर्नु त परै जाओस्,
मनमा चिताएको पनि छैन । म भाउज्यूलाई आमाजत्तिकै मान्छु
। सित्यै“ दाइले गाल पार्दैछ ।
मसिने ः-रिसले चुरमुरि“दै) ए
नसे झ् त“लाई पञ्चको मासु ढा“ट्ता लाज .... लाग्दैन -
मेरा आ“खाले देखेको कुरो हो । अहिले तेरो म .... -कुट्न
झम्टन्छ)
बलवीर ः-मसिनेको हात समाउ“छ)
ए मसिने झ् किन बौलाएको ह“ - तैले यी नसेलाई कुटेर
भइजाने भए हामी पञ्चलाई किन बोलाएको - झूटो र सा“चो त
हामी आफै“ साबित गरिहाल्छा“ै नि ।
मसिने ःबडाबाबुलाई त थाहा होला
कि यो नसे पहिले गाउ“मा पस्दा कस्तो दशामा थियो । खान
नपाएर घुमिहि“ड्दा मैले टिठाएर खान दिए“, लाउनदिए“,
भएन सधै“को लागि घरैमा राखे“ । अहिले मेरै घरमा आगो
लायो यसले । यो सब... सम्झेर ल्याउ“दा त यसलाई -नसेलाई
देखाएर) जिउ“दै चिथोरु“जस्तो लाग्छ ।
आले बूढा ः-लामो सास तानेर)
हो, मान्छेले चाहिने उसै त भन्दैन, सा“पलाई चाहिने दूध
खुवाएर पाले पनि एक दिन न एक दिन चाहिने त्यसले,
ठु“ग्छ ।
ज·वीर ः-ज·वीर बोल्दा भकभक
गरेर बोल्छ । पम्फातिर, हेरेर) ए-ए माइली । तितिमी पनि
के भ भ...भएको नि - यो नसे ब ब ब...बजियाको कुरामा
लागेर हे हेर...हेर...अब के मु...मु....मुख देखाउ“छ्यौ“
-
पम्फा ः-सु“क्क-सु“क्क रु“दै) मैले ...केही...पाप...चिताएको
...भए...हु“...हु“ ।
मसिने ः-स्वास्नीको कुरा
काटेर) ए रा“ड, गुन्द्रुकको झोलमा नाम त फालिहालिस्,
अब किन ढा“ट्छेस - हिजो राति त“ पल्दा घरमा कथा सुन्न
जान्छु भनेर नसेको कोठामा गएर...सुतिनस् - लौ भन्
त....मेरा आ“खाले प्रत्यक्ष देखेको । मैले अस्तिदेखि
नै विचार गर्दै थिए“ । तेरो चाल निको छैनजस्तो शड्ढा त
उहिल्यै देखि नै लागेको थियो तर नदेखेको र नसुनेको कुरा
भन्नु भएन । तर पाप लुकाउ“दा कहा“ लुक्छ र हिजो त फेला
परिहालिस् ।
आले बूढा ःए माइला झ् कुरा भनेको....चाहिने
ठीकठीक पो गर्नुपर्छ नि....अर्कालाई चाहिने त्यसै
फत्तुर धरेर चाहिने सुख पाइ“दैन । माहिली चाहि“ने हिजो
रात कथामा थिए“ भन्छे फेरि तिमी चाहिने नसेको कोठामा
देखे“ भन्छौ“ । ठीकै हो के त -
मसिने ःठीक होइन भनौ“ भने पनि कसरी भन्नु -
आ“खाले देखेको कुरो हो । -आ“गनमा भएका जम्मै
लोग्नेमान्छे, आइमाईमान्छे कानेखुसी गर्छन् ।
एकछिनसम्म त्यसरी नै आ“गनमा गुनगुन आवाज हुन्छ । पञ्च
पनि आपस्तमा कुरा गर्छन् ।)
बलवीर ःकुरा त अलि अप्ठेरो छ । के गर्छस् त
मसिने - नसेले पनि किरिया हालेर हु“दै होइन भन्छ ।
माइली पनि कथामा थिई रे । उसलाई कथामा देख्ने गवाही पनि
जिउ“दै छन् । फेरि तिमीचाहि“ नसेको कोठामा देखे“ भन्छौ“
।
मसिने ः-अलि झोक्किएर) आफ्नै आ“खाले आफ्नै
स्वास्नी अर्को लोग्नेमान्छेस“ग सुतेको देखेर फेरि कसरी
राख्नु - अह“, म त मारे काटे पनि यसलाई -स्वास्नीतिर
इशारा गरेर) राख्दै राख्दिन“ । बिहे गर्दा गहनापात,
लुगाफाटा अरु लगाएर गोडा ४-५ सय खर्च भएको हो झ् त्यति
डा“ड्छु र छाडिदिन्छु । दर्ुइ जना मिलोस्, घर खाओस्,
अरु मलाई केही चाहि“दैन ।
ज·वीर बूढा ः-नसेतिर हेरेर) सुनिस्, ए नसे झ्
अब के भन्छस् झ् भन । -अ“धेरो अनुहार बनाएर) के भन्नु...
मैले केही पाप गरेको भए ... भगवान् साछी छन् ।
ज·वीर बूढा ः-पम्फासित) तिमी
नि त के भन्छ्यौ माइली -
पम्फा ः-रु“दै) मलाई यत्रो
मान्छेको सामु गाल पारिहाल्यौ । त्यसै हो भने झु...
झुन्डिएर मर्छर्ुु
मसिने ः-रिसले भुतभुति“दै) ए नकच्चरी झ् किन
स्वाङ् पार्छर्ेे - झुन्डिएर मर्छर्ुुनेको सुनेर
टिठाउ“छु भनेको....भो टिठाउ“न त, जा न गएर मर् । कसलाई
सुनाउ“छेस् - त“जस्ती नकच्चरीले त मरेको नै निको हो ।
-पम्फा झन् साह्रो डा“को छोडेर रुन्छे । फेरि जस्तो
पञ्चहरू आपस्तमा सल्लाह गर्छन्)
बलवीर ः-पम्फालाई हेरेर) अब
मसिनेले राख्दिन“ भन्छ । फेरि जस्तो भए पनि,...
तिमीहरूमाथि दोष लागिसक्यो, अब मिलेर घर गरिखाऊ । -भित्रबाट
प्याकुली रु“दै कराउ“दै निस्कन्छे र पञ्चको अघि उभिन्छे
।)
प्याकुली ः-रु“दै) हिजो सा“झ
त यिनले -नसेलाई देखाएर) भगाएर मलाई ल्याएको हो । आज
फेरि अर्को .... हु“ हु“ - -सबैजना वाल्ल परेर
हेरिरहन्छन् । एकछिनसम्म आ“गन सूनसान हुन्छ ।)
ज·वीर बूढा ः -कडा स्वर बनाएर)
ए नसे झ् के चाला हो तेरो यस्तो ह“ -
नसे ः-चारैतिर पल्याक्पुलुक
हेरेर डराउ“दै) यसलाई -प्याकुलीलाई देखाएर) हिजो सा“झमा
भगाएर ल्याएको थिए“ । दाइलाई भन्न डरलाग्यो र लुकाएर
राखेको थिए“ । हिजो आउ“दा यसका लुगाहरू सब भिजेर
भाउज्यूको गुनिउ“, चोलो र मजेत्रो दिएको थिए“ । दाइले
हिजो राती यसैलाई मेरोकोठामा देखेको हो । तपाईंहरू
गएपछि दाइलाई मात्रै सुटुक्कै भनु“ला भनेथे“ ।
बलवीर ःतेरो अकलमा करिा परेको,
कति दिनसम्म लुकाएर राख्छस् - अघि नै भनेको भए
यत्रोकुरा नै हुने थिएन ।
नसे ः-मस्क“दै मसिनेतरि हेरेर)
हिजो त भगाएर ल्याएको- भन्न डर लाग्यो ।
आले बूढा ः-रिसाएको भान पार्दै)
ए माइला झ् अघि नै मैले चाहिने भनेको होइन - कुरा
चाहिने पक्का गर्नुपर्छ भनेर । लौ, अब के भन्छौ“ भन त
झ् लोग्नेमान्छेको जात भएर मन चाहिने कस्तो सानो ।
बलवीर ः-आले बूढाको बीचैमा
कुरा काटेर) जाऊ“ ... जाऊ“ ... अब घर । यो पागलाको
कुरामा लागेर हु“दैन । रातीको दर्ुइ पहर पनि ढल्कन
लाग्यो । हेर ... कस्तो .... आज सित्तैमा यो मसिनेको
शंकाले पिरोल्यो ।
-मसिने वाल्ल परेर हेरिरहन्छ । पम्फा, प्याकुली र नसे
आपस्तमा कुरा गर्दै मुसुमुसु हा“स्दै घरभित्र पस्छन् ।
पञ्च र गाउ“का भेला भएका मानिसहरू पनि आफ्ना-आफ्ना
घरतिर लाग्छन् ।)
|