JYOTIPUNJA SIGN T.
AAROHAN
KATHMANDU DABLI
M ART THEATRE
NEPAL ACADEMY
NAVASRIJANA
SAAN
SANGYA THEATRE G.
SANSKRITIK Sansthan
SARWANAM THEATRE
SHILPI THEATRE
STUDIO 7
RANGASARATHI
'बुढा मरे भाका सरे', भन्ने नेपालको पुरानो उखान छ ।कपाल फूलेर र ढाड कुप्रीयर मात्र बुढो हुँदैन । बुढो अथवा नेपाली लोक जीवनका जेठोबुढो भन्ने एउटा अत्यन्तै सम्मानित तथा गरिमामय उपाधी दिइन्छ कसै-कसैलाई।त्यो पदबीको हकदार बन्न जीवन भर इमान्दारीता तथा निस्वार्थ सेवा भाव चाहिन्छ। चौतारोमा उभिएका बर पिपल र शमीको झयाम्म परेका रुख जस्तै जहाँ हजारौं हजारले उसको काख र बास पाएका र आस पाएका हुन्छन् । नेपाल हिमवत् खण्डमा पर्ने पृथ्वीको सुन्दर टुक्रा हो जहाँ उच्च हिमशैलदेखी समुन्द्री सतहभन्दा थोरै माथीसम्मको मनोरम भू-भाग समेटिएको छ । तर्सथ यहाँ सयौ जातजाति र सभ्यताहरुको फूल्ने फल्ने र गल्ने मौका पाएका छन् । यिनै महान मानव जीवनको सृष्टीदेखी गुनगुनाउँदै आएका कालजयी भाकाहरु पनि यहाँ प्रशस्त छन् । नेपालमा हालसम्मको हाम्रो अध्ययन जातिगत तथा क्षेत्रगत र भाषागत गर्दा लगभग १५ हजार जति भाकाहरुले हाम्रो मातृभूमीलाई तरङ्गीत पारिरहेको छ । हामी गीतको गुनगुनाहट वा अलापवाट "यो मान्छेले यो भेगको भाका हाल्दैछ" भन्ने अनुमान गर्ने गर्दछौ । एकै भेगमा गाइने भाकाहरु पनि जातजाति तथा वर्ण्र्ाानुसार फरक-फरक हुने गर्दछ । तर्सथ नेपालका हरेक गाउँघर, खोला-खोल्सा, बन, उपत्यका, पहाड, तर्राईको बस्ती र छेक भेगमा प्रशस्तै लोकर्सजक र लोकभाकाहरु छन् । हामीले आफ्नो खुसीका क्षण, मिलनको बेलालाई साँस्कृतिक पर्व उत्सब तथा मेलाको रुपमा मनाउँदै आएका छौं । अनि त्यो बेलामा मिठा-मिठा भाकाहरुमा आफ्ना मनका भावहरुलाई कतै नदी सुसाए जस्तै त कतै सिमल फूलले जस्तै गुनगुनाउँदै आइरहेकाछौं । आफ्ना हर्क तथा आकर्ष अभिब्यक्ती चरा, फूल वा त्यस्तै अनेकौं सजिव निर्जिवलाई सुनाए जसरी सुनाउन चाहेको मान्छेलाई पनि सुनाउँदै आइरहेकाछौं । केटाले आफूलाई मन पर्ने मायालुलाई यस्तो भाकाले बोलाउँछ, "यो बनमा रैन छ चरी, चरी भए कराँउथ्यो क्यै गरी ।" अनि केटी पनि के कम उनले गीतैले माटाको जवाफ ढुङ्गाले दिन्छिन् । "छन त छ वनमा चरी, कराउँदैन आफ्नो मन नपरी ।" यसरी आफ्ना मनका भाकाहरुलाई गोठालो जाँदा होस् वा पानी-पधेरो गर्दा होस् हर्दम् गुन्गुनाई रहन्छन् । त्यसैले त हाम्रो जीवन पीडा, कष्ट तथा अभाव भौतिक सुविधामा भए पनि मन भने सदा स्वच्छ आकाशमा स्वतन्त्र उडेको चरा झै मुक्त छ, पवित्र छ । भेट्न मन लागे भन्छन्, "भेट हुने रैछ बेशी मकै छरे त, आउने जाने गरे त ।" छुट्ने बेलामा यस्तै मिठो भाका हाल्छन्, " "हिमालमा झुल्के घाम लाई सक्यो, विदा हुने समय आई सक्यो ।" आँखाको सुन्दरतालाई वर्ण्र्ाागर्नु पर्दा भन्छन्, "ऐसेलु काफलको, पोको पारी दिएको रुमालको, दर्ुइ आँखाको गाजलको लाग्छ झझल्को ।"
आज भोली त भाकामा पनि अश्लील शब्द बोल्छन् । गालाको वर्ण्र्ाागर्दा म्वाई खाने कुरा आउँछ । हाम्रो पौराणीक भाकामा अझ नारी सौर्न्दर्यको स्तुती यस प्रकार गरिएको छ । "परेवाको आँखा जस्तो सोरठी रानीको नजर" "रानी र ज्यूको रुपैमा हेरी मनै हमारी सन्तोष" खुसीलाई व्यक्त गर्ने अनेक गीतहरु छन् र त्यस्तै वियोगलाई पनि हाम्रा भाकामा प्रसस्तै धनी छौं । "फूल चुडेको छ मैना भई सक्यो यो मन उडेको " "लाउ लाउ माया गुनीले नलाउ बैगुनीले घरमै जेठी हुनेले" "यो मनमा पिर पर्यो भन्देखी भन्ने छैन उर्लेको गण्डकी" "... हजारी फूलले बाटो छेकेको, यो बाला बैशमा मर्न देखेको" आज भोली हामीले हाम्रो आफ्नै मौलीक भाकालाई विस्तारै विर्सदै गएका छौं । माया रानीको गाथा, सरुमै रानी, भोटेकाँठे र चेली, सुनिमाया, कर्खा, सबाई, सिलोक जस्ता माथीका भाकाहरु विस्तारै ओझेल पर्दैछन् । अधिकंाश भाकाहरु सत्तरी असी नाघेका हजुर बा-आमाको स्मृतिमा छ तर यदी बेलैमा हामीले ती भाकालाई 'रर्ेकर्ड' गरी स्वर लिपी बनाई संरक्षण गरेनौं भने ती अमूल्य भाकाहरु विस्तारै-विस्तारै लोप हुदै जानेछन् । घर डडे पछि पोखरी खन्ने भन्दा राज्य, समुदाय तथा सम्वन्धीत निकायले यस्ता अमूल्य अमर्ूत सम्पदा भाकाहरुलाई बेलैमा संरक्षण तथा विद्यालयहरुमा अध्यायन अध्यापन गराउनु जरुरी छ । अमर भाकाको रर्ेकर्ड गर्ने तथा विवरण तयार गरेमा नेपाली साङ्गीतिक इतिहास फेरी ब्यूँझने छ । -लेखक नेपाली लोकबाजा संग्रहालयका अध्यक्ष हुन्)
Seprate Academy for Music and Drama
मञ्चमा 'त्यो योद्धा को हो ?'
मुगुमा आरोहण !
Sarwanam In Its Own Theatre
Sign up to get Free...
Poetic Invasion
Dabali And Folk Plays
www.nepaliwedding.co.nr
Put Your Wedding Moments Here
To Cherish For Your Life Time