+ Jyotipunja S.T. 
The First Sign Theatre of Nepal...
  + Sign Theatre 
  + Contact Us  
 
Latest Published Books
  PUBLICATION
  THEATRE GROUPS 
AT KATHMANDU

JYOTIPUNJA SIGN T.

AAROHAN

KATHMANDU DABLI

M ART THEATRE

NEPAL ACADEMY

NAVASRIJANA

SAAN

SANGYA THEATRE G.

SANSKRITIK Sansthan

SARWANAM THEATRE

SHILPI THEATRE

STUDIO 7

RANGASARATHI

 OUT OF VALLEY..
 CHILD THEATRE
Honorable Theatre Person
 
 
   Print | Home |

 

 

 

उर्वर छ - सर्ुर्खेती रङ्गमञ्च्च थियटर नेपाल डट कम रिपोर्ट

नेपाली रङ्गमञ्चको कुरा हुँदा जहिले पनि राजधानीको मात्र कुरा हुन्छ । काठमाडौको रङ्गमञ्चको व्याख्या गरी त्यसलाई समग्र नेपाली रङ्गमञ्चको व्याख्या गरिएको जामा पहिर्‍याइन्छ समालोचकहरुबाट । यो पीडाबाट धेरैजसो जिल्ला मुक्त छैन । राजधानीको रङ्गमञ्चमा पात हल्लिदा समेत व्यापक चर्चा गर्ने एक खाले वर्गहरु मोफसलका नाटय समूहका जति सुकै ठूलो गतिविधिलाई पनि मुस्किलले नै सम्झन्छन् । सर्ुर्खेत एक यस्तै जिल्ला हो जहाँको रङ्गमञ्चले आफ्नै इतिहास बनाएको छ ।
केही समय अघि काठमाडौंमा भेटिएका बागिना समूह सर्ुर्खेतका रङ्गकर्मीहरूसँग बसीवियालो गरे पछि हामीलाई पनि लाग्यो सर्ुर्खेती रङ्गमञ्च उर्वर मात्र छैन, आफ्नो गर्विलो धरातलमा उभिएको छ । राजधानीमा भेटिएका थिए बागिना समूहका रङ्गकर्मी रङ्गकर्मी गोविन्द कोइराला । उनी भन्दै थिए, "सर्ुर्खेत र सर्ुर्खेतजस्तै अन्य जिल्लाको रङ्गमञ्चमा आँधी/तुफान आउँदा समेत राजधानीका समालोचकहरू मौन रहन्छन् । हामीलाई थाहा छ - यहाँ इतिहास पनि बोलबालाहरूकै घोडा हो ।" उनी भनिरहेका थिए, "काठमाडौं खाल्डो मात्र रङ्गमञ्चको इतिहास होइन । काठमाडौंले हामीलाई विर्सिए पनि रङ्गमञ्चको साँचो इतिहास वङ्ग्याउन पाइन्न ।"
सर्ुर्खेतको रङ्गमञ्चीय इतिहास वि.सं. १९८७ देखि प्रारम्भ भएको मानिन्छ यस समयताका कटकुवा भन्ने ठाउँमा नारायण पुरीले 'रामलीला' लगायतका थुप्रै नाटकहरु देखाएका थिए । २००७ सालको आन्दोलनताका पनि सर्ुर्खेतमा नाटक मञ्चन भए । २०१७ सालमा पनि क्रान्ति चेतनाका थुप्रै नाटकहरू सर्ुर्खेतका गाउँ-गाउँमा मञ्चन भएका थिए । २०३० सालपछि सर्ुर्खेतको बाल पुस्तकालयबाट चुडामणि रेग्मीको लेखन तथा निर्देशनमा लासको 'पुकार', 'कति सस्तो जिन्दगी', 'सावित्री सत्यवान', रमेश विकलको 'हरियो झिँगा' लगायतका नाटकहरू मञ्चन भएका थिए । बाल पुस्तकालयको नाटक पर््रदर्शनमा खगेन्द्र थापाको पनि निकै योगदान रहेको देखिन्छ । उनको निर्देशनमा २०३० देखि २०३६ सम्म सर्ुर्खेतमा विभिन्न नाटकहरू मञ्चन भएको थियो ।
चालिसको दशकमा सर्ुर्खेतमा 'देउती बज्यै सांस्कृतिक परिवार' स्थापना भयो । रङ्गकर्मीहरु प्रेमदेव गिरी, खटेकराज भारती, निरक के.सी., हेमप्रकाश भुषाल, इन्द्रा हमाल आदिले यसको स्थापना गरेका थिए । यो परिवार आरम्भताका विशेष गरी नाटकभन्दा पनि गीत/सङ्गीत र सांस्कृतिक कार्यक्रमहरू गर्ने उद्देश्यले स्थापना गरिए पनि छोटो समयमा पनि सर्ुर्खेतको रङ्गमञ्चमा एउटा यादगार छवी बनाउन सफल रहृयो । यस समूहबाट प्रेमदेव गिरीको 'दिवा स्वप्न', हृदयचन्द्रसिंह प्रधानको 'गंगालालको चिता', अशेष मल्लको नाटक 'सडकदेखि सडकसम्म' गायतका थुप्रै उत्कृष्ट नाटकहरू मञ्चन भए । सर्ुर्खेतका प्रतिभाशाली रङ्गकर्मीहरु प्रेमदेव गिरी, कमला पन्त, प्रेमप्रकाश खड्का, खगेन्द्र भट्टर्राई, भावुक डि.सी., किशोर खनाल, पदम गुरूङ यसै समूहका उत्पादनहरु हृुन् ।
२०५० सालमा बागीना समूहको स्थापना भएपनि सर्ुर्खेतको रङ्गमञ्चमा नयाँ गतिशीलता देखा पर्‍यो । बागीना समूहले दाङ, सर्ुर्खेत, काठमाडौं लगायत विभिन्न स्थानमा नियमित नाटक मञ्चन गर्दै आइरहेको देखिन्छ । यस समूहबाट गणेश गौतमको 'जीवन बन्धन', 'अंश कि वंश', 'युगारम्भ', गोविन्द कोइरालाको 'नरिवल', 'अर्को युगारम्भ', 'दागवत्ती', विजय मल्लको 'कंकाल', उमालाल आचार्यको 'मौन धारण' आदी नाटकहरु मञ्चन भएका छन् । यी मध्ये अधिकांश नाटकहरू नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित नाटक महोत्सवहरूमा पर््रदर्शन भएका हुन् । बागीनाका नाटकहरूबाट प्रकाश पौडेल, दिनेश पन्त, यामनारायण आचार्य, टिका सोमै, दिपक नेपाली, शेखर पौडेल, निर्मला रेग्मी, शोभा के.सी., यामबहादुर श्रेष्ठ, पदम गुरूङ, राजेन्द्र बस्नेत, भानु अधिकारी, मिना आले जस्ता दर्जनौ रङ्गकर्मीहरु जन्मिएका छन् । बागीना समूहका प्रेमदेव गिरी, गणेश गौतम र गोविन्द कोइराला पछिल्लो समयमा आफ्ना क्षेत्रमा पेशेवर नाटक प्रशिक्षकका रूपमा समेत कार्यरत रहेका छन् । गोविन्द कोइराला भन्छन्, "हामीहरु विभिन्न वरिपरिका विभिन्न नाटय समूहका रङ्गकर्मीहरूलाई आफूले जानेका कुराहरु सिकाउँछौं ।"
२०५४ सालमा बागीनाको व्यवस्थापन र सांस्कृतिक संस्थानको आयोजनामा मध्यपश्चिमाञ्चल र सुदूर पश्चिमाञ्चल क्षेत्र स्तरिय नाटक प्रतियोगिता समेत सम्पन्न भएको थियो । तिनाऊ -बुटबल क्षेत्र) पारीको रर्ङ्गकर्मको विकासमा लागेको यस समूहले लगभग तीन सय वटा रेडियो नाटक र लगभग सयवटा सडक नाटक समेत प्रस्तुत गरिसकेको छ ।
सर्ुर्खेत लगायत यस वरिपरिको रङ्गमञ्चको क्षेत्रमा विभिन्न समयमा सक्रिय रही रङ्गमञ्चको विकासमा योगदान पुर्‍याउने संस्था र रङ्गकर्मीहरू थुप्रै छन् । सर्ुर्खेतको रङ्गमञ्चको विकासमा उज्वल कला परिवार, जलेश्वर क्लब, मिलन क्लब, ज्वाला क्लब छिन्छु, हिमाली पुस्तकालय, रक्तिम परिवार, जनसांस्कृतिक मञ्च, प्रगतीशील लेखक संघको पनि आ-आफ्नै महत्वपर्ूण्ा भूमिका रहेको देखिन्छ । यसैगरी यस भेगका स्कुल तथा कलेजमा पनि रङ्ग सचेतना देखिन्छ । क्यावात् ! सर्ुर्खेतको रर्ङ्गकर्म अझै मौलाओस् । हाम्रो पनि शुभकामना ।
 

 
 
 

 

 

 

 

 

 

 

 

 

Journal
ARTIST Review
Honorable Artist Hari Bahadur Thapa
नेपाली संस्करण क्रमशः मर्दैछन् भाकाहरु
नेपाली रङ्गमञ्चमा विजय मल्ल
उर्बर छ सुर्खेती रङ्गमन्च
 Theatre Newsletter

 Sign up to get Free...

 Drama/Events
 Which One &
 When...??
 
Drama Photo Gallery
New Face Saugat Malla
 
Trends & Feature
Choose Ur Topic
..Have Ur Say...
Nepali Theatre
Actors/Acting
Dramas
Any Other
 
 
   FEATURING
  Drama Script
  Exclusive With...
  Youth Forum
 
:Ads Dabu:.
Meridian APLtd @ Sinamangal,"Offering U a better Job "
Art of quality and excellence KMI @ Bhotahity,Ktm.,Nepal
 Hosting Partner :   Link Exchange :
Dedicated Web Hosters

www.nepaliwedding.co.nr

Put Your Wedding Moments Here

To Cherish For Your Life Time

Co- Supporter : ... a mosaic way to Nepal
Kathmandu INFOTISER  
   Powered by: Excluzive
  about Us | Contact Us | Home
© Jyotipunja Sign Theatre 2007 All Rights Reserved