JYOTIPUNJA SIGN T.
AAROHAN
KATHMANDU DABLI
M ART THEATRE
NEPAL ACADEMY
NAVASRIJANA
SAAN
SANGYA THEATRE G.
SANSKRITIK Sansthan
SARWANAM THEATRE
SHILPI THEATRE
STUDIO 7
RANGASARATHI
- कृष्ण शाह यात्री
विजय मल्लले नेपाली नाटक र रङ्गमञ्चको क्षेत्रमा निकै उल्लेख्य कार्य गरेका छन् । उनले र्सवप्रथम वि.सं. २००१ सालमा राधा मान्दिन एकाङ्कीको रचना गरी नाटययात्रा आरम्भ गरेका हुन् । उनले नाटक लेखनसँगै रङ्गमञ्चमा पनि आरम्भदेखि नै अभिरुचि थियो भन्ने कुरा उनले वि.सं. २००४ सालमा बौलाहा काजीको सपना नाटक लेखेर सोही वर्षमञ्चन गरेबाट पनि पुष्टि हुन्छ । यस नाटकमा दलित पीडितलाई शिक्षा दिएर उनीहरूको स्तर उकास्ने कार्यमा संलग्न रहेकाले बौलाहा ठानिएका एक स्वप्नदर्शी समाजसेवीलाई नायक तुल्याएर नाटक लेखिएको छ । यस नाटकमा भोक र रोगका कारणले आफ्नो पुत्र गुमाएर शोकमा परेको एक श्रमिकको दुःख र दर्ुभाग्यको चित्रण गरिएको छ । प्रभावकारी कथानक पक्ष र रङ्गमञ्चीय प्रभावका कारण यो नाटक वि.सं. २००४ सालपछि अधिराज्यका विभिन्न स्कुलहरूमा पटक पटक मञ्चन भएको देखिन्छ ।
अग्रणी नाटककार बालकृष्ण समको नाटक देखेर नाटयलेखनका निम्ति उत्प्रेरित भएका विजय मल्लले समको नाटयपद्धतिको साटो पाश्चात्य नाटयक्षेत्रमा इसाको उन्नाईसौँं शताब्दीको उत्तर्रार्द्ध र बीसाँैं शताब्दीको पर्ूवार्द्धसम्म देखापरेका यथार्थवादी, अतियथार्थवादी, प्रतीकवादी र अभिव्यञ्जनावादीजस्ता विविध नाटयपद्धतिहरूको संयोजन गरी आफ्नो विशिष्ट नाटयपद्धतिको निर्माण गरेको देखिन्छ । उनका नाटकहरूको अन्तसाक्ष्यबाट उनी विशेषतः स्वच्छन्दतावादी, यथार्थवादी, प्रकृतिवादी, अतियथार्थवादी नाटयलेखन गर्दै अन्ततः अभिव्यञ्जनावादी नाटयकलाका पर््रवर्तक हुनपुगेका असमान्य मनोविज्ञान तथा स्वैरकल्पनाका परमप्रेमी स्टि्रन्र्डवर्गबाट प्रभावित देखिन्छन् । साथै उनले युजिन ओ, निल, टेनसी विलियम, इउनेस्क र एनाउलजस्ता अन्य प्रयोगवादी नाटककारहरूबाट पनि केही न केही प्रभाव ग्रहण गरेको देखिन्छ ।
नाटककार विजय मल्लले विविध विषयवस्तुलाई लिएर विभिन्न प्रकृतिका उत्कृष्ट एकाङ्की तथा पूर्ण्ााङ्की नाटकहरूको रचना गरेको देखिन्छ । उनका अधिकांश प्रकाशमा आएका नाटकहरू मञ्चन भएका छन् । उनका प्रमुख एकाङ्की नाटकहरूमा बौलाहाकाजीको सपना -वि.सं.२०२८), पत्थरको कथा -वि.सं.२०२८), दोभान -वि.सं.२०३४), भित्तेघडी -वि.सं.२०४०), सृष्टि रोकि“दैन -वि.सं.२०४८) आदि पर्दछन् । यी नाटयकृतिभित्रका अधिकांश नाटकहरू बीस, तीस, चालीस र पचासको दशकमा मञ्चन भएको पाइन्छ ।
विजय मल्लको एकाङ्गी पत्थरको कथा नेपाल प्रज्ञा-प्रतिष्ठान र सांस्कृतिक संस्थानको संयुक्त आयोजनामा वि.सं. २०२८ सालमा मञ्चन हुँदा निकै प्रशंसा पाएको बुझिन्छ । यो नाटक नेपाल प्रज्ञा-प्रतिष्ठानको १४ औंँ वाषिर्कोत्सवको अवसरमा देखाइएको थियो । यस नाटकको दृश्यसंयोजन र निर्देशन प्रचण्ड मल्लले गरेका थिए । नाटकमा कलाकार जीतेन्द्र महत अभिलाषीले रघुवीरको भूमिका, शकुन्तला गुरुङ्ग -शर्मा)ले कृष्णा रानीको भूमिका, र्सर्ूयनाथ शर्माले विपिन बाबुसाहेकको भूमिका, हनी जोशीले ज्वालारानीको भूमिका, मदनदास श्रेष्ठले श्रीकान्तको भूमिका र शाकुमार 'जीवन'ले नोकरको भूमिकामा अभिनय गरेका थिए । त्यो बेला नाटकको प्रस्तुति त्यसताकाका नाटकहरूको भन्दा पृथक थियो । नाटकको सेट अमर्ूत खालको थियो । मञ्चमा खाल्डाखुल्डी थियो र माथि अग्लो ठाउँमा डाँडाजस्तो र त्यसमा भर्याङको सेट पनि लगाइएको थियो । पात्रहरू सबैले टाउकोदेखि तलसम्म कालो गाउनजस्तो एउटै लुगा लगाएका थिए । नाटकको आरम्भमा सबै पात्र मर्ूर्तिजस्तो अचल भएर बिस्तारै चल्मलाउदै बोलेको त्यसबेलाका दर्शकहरूले निकै मन पराएको बुझिन्छ । पत्थरको कथा यसअघि प्रचण्ड मल्लकै निर्देशनमा नेपाल सोभियत मैत्री संघमा पनि मञ्चन भएको बुझिन्छ । पत्थरको कथा नाटकमा विभिन्न कारणले मृत्यु भएका मानिसहरूलाई एकै ठाउँमा भेला गर्राई कथानक पक्ष अघि बढाइएको छ । यो स्वैरकल्पनात्मक नाक भए पनि रङ्गमञ्चमा यो नाटकले राम्रै प्रभाव छाड्न सफल हुन्छ । नाटकको यही पक्षले गर्दा पनि यो नाटक विजय मल्लको धेरै पटक मञ्चन हुने नाटकमा पर्दछ । पत्थरको कथा यसपछिको समयमा २०३१ सालमा मदनदास श्रेष्ठको निर्देशनमा धनगढीमा, २०५९ सालमा कृष्ण शाह यात्रीको निर्देशनमा काठमाडौँमा, राष्ट्रिय नाटक महोत्सव २०६२ मा जीवनसाथी बस्नेतको निर्देशनमा काठमाडाँैंमा, राष्ट्रिय नाटक महोत्सव २०६३ मा प्रल्हाद खरेलको निर्देशनमा काठमाडाँैंमा मञ्चन भएको देखिन्छ । सांस्कृतिक संस्थानद्वारा काठमाडौंमा आयोजित 'मध्यमाञ्चल स्तरिय क्षेत्रीय नाटक प्रतियोगिता २०५९' मा सान नाटय समूहको प्रस्तुति रहेको नाटक पत्थरको कथा ले सर्वोत्कृष्ट नाटक-प्रस्तुति पुरस्कार समेत पाएको थियो । त्यसबेला यस नाटकमा नवीन खड्का, विकी सत्याल, विनोद श्रेष्ठ, लक्ष्मी पाण्डे, निशा शाह, कृष्णा गौतम आदिले अभिनय गरेका थिए । यो बेला पत्थरको कथामा पर्ूवदृश्यका कुरालाई सेतो कपडामा पछाडिबाट प्रकाश पारी घटनालाई छायाको रूपमा प्रस्तुत गरिएको थियो ।
विजय मल्लको बालमनोविज्ञानमा आधारित पहिलो नाटक कोही किन बरबाद होस् वि.सं. २०११ सालमा मञ्चन भएको देखिन्छ । यस नाटकमा बालबालिकाहरूलाई यातना दिएर नभई उनीहरूको मनोविज्ञानलाई बुझेर नै उनीहरूलाई सही मार्गमा हिँडाउनु पर्छ तथा उनीहरूको मनोविज्ञान बुझेर नै समस्याको निराकरण गरी शिक्षा दिनर्ुपर्छ भन्ने कुरा उल्लेख गरिएको छ । यसैगरी विजय मल्लको अर्को चर्चित नाटक जिउ“दो लाश वि.सं. २०१४ सालमा मञ्चन भएको देखिन्छ । अर्द्धविक्षिप्त पात्रलाई रङ्गमञ्चमा उतार्ने विजय मल्लको यो पहिलो नाटक हो । यस नाटकमा पति हराएकाले मानसिक रोगको शिकार भई जिउ“दो लाश हुन पुगेकी उर्मिलाको दुःखान्त पक्ष देखाइएको छ । यसैगरी मानसिक भय र शङ्काका कारणले प्रेमीसँग प्रेम गर्न र उसलाई जीवनसाथीका रूपमा स्वीकार गर्न नसकी मृतपतिसँग प्रेम गरेर बस्ने उसकी बालविधवा बहिनी प्रमिलाको मनोग्रन्थि केलाइ उसको जीवन सुखान्त बनेको देखाइएको छ । यो नाटक २०५९ सालमा शिव तिवारीको निर्देशनमा राष्ट्रिय नाचघरमा मञ्चन भएको थियो । विजय मल्लको लेखन तथा निर्देशनमा नृत्य नाटिका श्वेतकालिकी छोरी ः कुमारी वि.सं. २०२९ सालमा मञ्चन भएको देखिन्छ । प्रज्ञा प्रतिष्ठनको प्रस्तुति रहेको यस नाटकमा नृत्य निर्देशन ः वसन्त श्रेष्ठ र कान्छाबुद्ध वज्राचार्यले गरेका थिए । गोपालनाथ योगीको सङ्गीत रहेको यस नाटकमा कलाकारहरू लीलाराज सुवाल, सुरेश मिश्र, राधेश्याम प्रधान, मदनदास श्रेष्ठ, किशोरकुमार क्षेत्री, जीतेन्द्र महत अभिलाषी, हरिकृष्ण दर्शनधारी, श्रीहरि श्रेष्ठ, नारायणदेवी श्रेष्ठ, उषा श्रेष्ठ, मीना थापा, रेणुदेवी शाही, तारा सुवाल, गिरीजा श्रेष्ठ, सोना थापा, बिना थापा, शकुन्तला गुरुङ -शर्मा), सङ्गीता थापा आदिले अभिनय गरेका थिए ।
विजय मल्लको नाटक भोलि के हुन्छ - २०३२ सालमा प्रचण्ड मल्लको निर्देशनमा त्रिचन्द्र क्याम्पसको वाषिर्कोत्सवमा मञ्चन भएको देखिन्छ । त्यो बेला नाटकमा त्रिचन्द्रमा अध्ययनरत कृष्ण मल्ल, रामकुमार चापागार्इं, कमला घतानी आदिले अभिनय गरेका थिए । तीन अङ्कको यो लघुनाटकमा स्वैरकल्पना र मनोविज्ञानको संयोजन गरेर लेखिएको छ । यस अर्थमा यो प्रयोगधर्मी नाटक मान्न सकिन्छ । आमालाई कैद गरेर प्रभुत्वको अधिकार पाउन आपसमा युद्ध गर्ने दाजुभाइहरूको असामान्य क्रियाकलापको प्रस्तुतीकरणका माध्यमबाट यस नाटकले बीसाँैं शताब्दीमा शक्ति र सत्ता प्राप्तिका लागि हुने साम्राज्यवादी महत्वाकांक्षामूलक युद्ध र विनाशको त्रासद र दुःखद परिस्थितिलाई प्रतीकात्मक ढङ्गबाट प्रस्तुत गरेको छ । विजय मल्लको अर्को नाटक मानिस र मुखुण्डो पनि वि.सं. २०३२ सालमा नै मञ्चन भएको देखिन्छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा प्रस्तुत तथा प्रचण्ड मल्लद्वारा निर्देशित यस नाटकमा मनमोहनको भूमिकामा हरिहर शर्मा, सरिताको भूमिकामा शकुन्तला गुरुङ, श्यामको भूमिकामा मदनदास श्रेष्ठ, राजुको भूमिकामा श्रीहरि श्रेष्ठ, उषाको भूमिकामा लक्ष्मी श्रेष्ठ र आमाको भूमिकामा बिना थापाले अभिनय गरेका थिए । यस नाटकको मञ्चन पक्षबारे नाटकसङ्ग्रह स्मृतिको पर्खालभित्र -वि.सं.२०४०) को भूमिकामा हरिहर शर्माले नाटककारबारे उल्लेख गरेका छन्, "नाटकलाई सही अर्थमा नाटककै रूपमा विकसित गर्दै लैजानु पर्छ भन्ने धारणा राखी नेपाली नाटकलाई आधुनिकीकरण गर्ने श्रेय प्रसिद्ध नाटककार विजय मल्ललाई नै जान्छ । यो नाटकका संवाद अत्यन्त मर्मस्पर्शी छ । रङ्गमञ्चमा प्रस्तुत गर्दा केही काँटछाँट गर्नुपर्यो भने त्यो अधिकार नाटककारले निर्देशकलाई सहृदयतापर्ूवक सुम्पन सक्ने हुनाले पनि मलाई लाग्छ विजय मल्लका नाटकहरू रङ्गमञ्चमा सफल छन् । एक त नाटककार आफै नै रङ्गमञ्चको राम्रो ज्ञान भएको व्यक्ति हुनुहुन्छ, त्यसमाथि पनि निर्देशक वा कलाकारलाई विश्वास गर्ने र सरसल्लाहलाई स्वागत गर्न सक्नाले कमभन्दा कम समयमा पनि उहाँका नाटकहरू रङ्गमञ्चमा प्रस्तुत गर्न सजिलो पर्छ ।" यसबाट पनि विजय मल्लको रङ्गमञ्चप्रतिको ज्ञान र लगाव निकै रहेको देखिन्छ । नाटक मानिस र मुखुण्डो यथार्थको धरातलमा उभिएको नाटक हो तापनि यस नाटकमा लोकनाटयको सामग्री मुखुण्डो र पुराकथात्मक बिम्बको उपयोग गरेर लेखिएकाले केही मात्रामा स्वैरकल्पनात्मक देखिन्छ र प्रस्तुतिका दृष्टिले पुरुष कलाकारहरूको जीवनगत सङ्र्घष्ा र पीडालाई सहानुभूतिका साथ प्रस्तुत गरेको देखिन्छ । यसै गरी वि.सं. २०३३ सालमा मञ्चित नृत्य नाटिका सती वृन्दाको कथा प्रस्तुतीकरण र निर्देशनमा समेत विजय मल्लाकोे नाम रहेको देखिन्छ । प्रज्ञा प्रतिष्ठानद्वारा प्रस्तुत यस नाटकमा वृन्दा - नारायणदेवी प्रधान, जालन्धर - राधेश्याम प्रधान, शिव - सुरेश मिश्र, पार्वती - मीना थापा, वीरभद्र - लीलाराजसिंह सुवाल, नारद - श्रीहरि श्रेष्ठले र अभिनय गरेका थिए । सती वृन्दा नाटक स्वस्थानीव्रत कथामा आधारित वृन्द्रा र जालन्धर विषयक नृत्य नाटिका हो । यसमा नृत्य निर्देशन कान्छाबुद्ध वज्राचार्यले गरेका थिए ।
नाटककार विजय मल्लको अर्को नाटक स्मृतिको पर्खालभित्र २०३८ सालमा मञ्चन भएको लोकप्रिय नाटक हो । यथार्थवादी ढाँचाको मनोविश्लेषणात्मक नाटक स्मृतिको पर्खालभित्र वि.सं. २००७ सालको क्रान्तिताकाको घटनालाई अघि सारेर कुनै व्यक्तिले आफूले गरेको कसैको हत्यालाई लुकाउँदा के कस्तो मानसिक पीडा भोग्नुपर्ने हुन्छ भन्ने कुरालाई मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानको वाषिर्कोत्सवको अवसरमा देखाइएको यस नाटकको निर्देशन हरिहर शर्माले गरेका थिए । नाटकमा महेश्वरको भूमिकामा हरिहर शर्मा, गणेशको भूमिकामा नीर शाह, सेतेको भूमिकामा हरिवंश आचार्य, प्रदीपको भूमिकामा सुनील पोखरेल, किशोरीको भूमिकमा शकुन्तला शर्मा, जमुनीको भूमिकामा चन्द्रमाला शर्मा, सुकुमेलको भूमिकामा सावित्री शर्मा र भुनाको भूमिकामा विजया गिरीले अभिनय गरेका थिए । लामो समय र्सार्वजनिक पर््रदर्शन गरिएको यो नाटकलाई दर्शकहरूले अत्यन्त प्रशंसा गर्नुका साथै पत्रपत्रिकाहरूले पनि निकै सराहना गरेको देखिन्छ । यस नाटकले वजय मल्लको नाट्यकारितामा राम्रो प्रभाव पारेको देखिन्छ । वि.सं. २०३५ मा मञ्चित पहाड चिच्याइरहेछ पनि नाटककार विजय मल्लका लोकप्रिय नाटकमा पर्दछ । यो नाटक नेपाल प्रज्ञा-प्रतिष्ठानमा पर््रदर्शन भएको थियो भने नाटकको निर्देशन हरिहर शर्माले गरेका थिए । नाटक पहाड चिच्याइरहेछ सामाजिक नाटक हो । नाटकमा हरिहर शर्मा, कृष्ण मल्ल, मुरलीधर, शकुन्तला शर्मा आदिले अभिनय गरेका थिए । यस नाटकमा नेपाली युवाहरू विदेशी सेनामा भर्ना भएर अर्कैका निम्ति युद्ध गर्न जाने परम्पराले गर्दा तिनका व्यक्तिगत र पारिवारिक जीवनमा पर्ने घातक प्रभाव देखाउनका साथै तिनका प्रेमिकाहरूका जीवनमा आइपर्ने सङ्कट पनि दर्शाइएको छ । यस नाटकको कथावस्तु निकै प्रभावकारी देखिन्छ । मुखुण्डोको प्रयोगका साथै भयानक स्वप्नको चर्चाले भरिएको नृत्य र गीत, सङ्गीतले सजिएको यो नाटक भय, करुणा, प्रेम तथा घृणा जगाउने अतिरञ्जनात्मक नाटक -मेलो ड्रामा) का रूपमा देखिन्छ । यसमा आन्तरिक द्वन्द्वको सट्टा बाहृयद्वन्द्व बढी देखाइएको छ । समग्रमा युद्धले मानिसलाई कति अमानवीय तुल्याउँछ र त्यसले नेपालको पहाडी जीवनलाई के कति आतङ्कति र अस्तव्यस्त पारेको छ भन्ने कुरा देखाउन नाटककार मल्ल यस नाटकबाट निकै हदसम्म सफल भएको देखिन्छ । यो नाटक मञ्चन हुँदा कृष्ण मल्ल अन्य कलाकारभन्दा जीउडालमा पातलो भएकाले उनको जीऊ ठूलो देखाउन 'प्याड' को प्रयोग गरिएको थियो । नाटक पहाड चिच्याइरहेछ प्रज्ञा भवनमा खुबै चलेको नाटकमा पर्दछ । यस नाटकको अन्तमा शकुन्तला शर्मालाई कृष्ण मल्लले लछारपछार गर्नुपर्ने दृश्य थियो । गाली गर्ने र बुटले हान्नुपर्ने दृश्य भएकोले त्यो स्टेजमा अलिकति छलेर हान्नुपर्ने थियो । तर भूलबस बुटको छेउले शकुन्तला शर्माको हातमा लाग्दाखेरी उनको चुरा फुटेर हात रगताम्य बनेको थियो । यसलाई अत्यन्त सहजता र संयमताका साथ स्टेजमा कलाकारले लिनाले दर्शकले यो कुरा थाहा नै पाएनन् । यो नाटक गर्दाताका धेरै जसो कलाकारहरू प्रज्ञा प्रतिष्ठानमा दैनिक रु १०-१५ मा ज्यालादारीमा काम गर्थे । वि.सं. २०३८ पुस १४ मञ्चित भुलैभूलको यथार्थ विजय मल्लको पहिलो हास्यप्रधान नाटक हो । प्रज्ञा प्रतिष्ठानद्वारा प्रस्तुत यस नाटकको निर्देशन हरिहर शर्माले गरेका थिए । नाटकमा नायकको भूमिकामा हरिवंश आचार्य, नायिकाको भूमिकामा लक्ष्मी श्रेष्ठ, खलनायकको भूमिकामा शैलेन्द्र सिम्खडा र चरित्र अभिनेताको भूमिकामा हरिहर शर्माले अभिनय गरेका थिए । यस नाटकमा आधुनिक युवायुवतीको प्रेमसम्बन्धमा व्यङ्ग्य गरिएको छ । नाटक घरज्याईं बस्न आएको विषयमा केन्द्रित छ । विजय मल्लको यो नाटक पनि प्रज्ञा भवनमा खुबै चलेको नाटकमा पर्छ । सुरुदेखि नै 'हाउसफुल' चलेर एक महिना र्सार्वजनिक पर््रदर्शन भएको यो नाटक त्रिशुलीको ड्याम भत्किएको कारणले काठमाडाँैंमा विद्युत आपर्ूर्ति बन्द भएपछि पर््रदर्शन कार्य रोकिएको थियो । यसरी विजय मल्लका अधिकांश नाटकहरू नेपाली रङ्गमञ्चमा सफलतापर्ूवक मञ्चन भएको देखिन्छ । उनी आफै नाटकका ज्ञाता भएकाले र रङ्गमञ्चका जानकार भएकाले उनका नाटकहरू रङ्गमञ्चीय दृष्टिले पनि उत्कृष्ट देखिन्छ । उनी एकाङ्की र पूर्ण्ााङ्की दुवै नाटकमा उत्तिकै सफल देखिन्छन् । उनले मञ्चनकै प्रयोजनबाट अधिकांश नाटयलेखन गरेको देखिन्छ । मञ्चनका निम्ति नाटक लेख्ने हुनाले उनमा पर्याप्त रङ्गचेतना छ र यसै चेतनाले गर्दा उनी कुशल नाटयशिल्पीका रूपमा देखिन्छन् । उनी नेपाली नाटक र रङ्गमञ्चका परम्पराधर्मी र प्रयोगधर्मी नाटयकारिताको बीच सेतु तयार गर्ने युगसन्धिका बेजोड नाटयप्रतिभा हुन् । -प्रकाशोन्मुख शोधग्रन्थ 'पचास वर्षो नेपाली रङ्गमञ्च'बाट)
Seprate Academy for Music and Drama
मञ्चमा 'त्यो योद्धा को हो ?'
मुगुमा आरोहण !
Sarwanam In Its Own Theatre
Sign up to get Free...
Poetic Invasion
Dabali And Folk Plays
www.nepaliwedding.co.nr
Put Your Wedding Moments Here
To Cherish For Your Life Time