'बुढा
मरे भाका सरे', भन्ने नेपालको पुरानो उखान छ ।कपाल
फूलेर र ढाड कुप्रीयर मात्र बुढो हुँदैन । बुढो अथवा
नेपाली लोक जीवनका जेठोबुढो भन्ने एउटा अत्यन्तै
सम्मानित तथा गरिमामय उपाधी दिइन्छ कसै-कसैलाई।त्यो
पदबीको हकदार बन्न जीवन भर इमान्दारीता तथा निस्वार्थ
सेवा भाव चाहिन्छ। चौतारोमा उभिएका बर पिपल र शमीको
झयाम्म परेका रुख जस्तै जहाँ हजारौं हजारले उसको काख र
बास पाएका र आस पाएका हुन्छन् ।
नेपाल हिमवत् खण्डमा पर्ने पृथ्वीको सुन्दर टुक्रा
हो जहाँ उच्च हिमशैलदेखी समुन्द्री सतहभन्दा थोरै
माथीसम्मको मनोरम भू-भाग समेटिएको छ । तर्सथ यहाँ सयौ
जातजाति र सभ्यताहरुको फूल्ने फल्ने र गल्ने मौका पाएका
छन् । यिनै महान मानव जीवनको सृष्टीदेखी गुनगुनाउँदै
आएका कालजयी भाकाहरु पनि यहाँ प्रशस्त छन् । नेपालमा
हालसम्मको हाम्रो अध्ययन जातिगत तथा क्षेत्रगत र
भाषागत गर्दा लगभग १५ हजार जति भाकाहरुले हाम्रो
मातृभूमीलाई तरङ्गीत पारिरहेको छ । हामी गीतको
गुनगुनाहट वा अलापवाट "यो मान्छेले यो भेगको भाका
हाल्दैछ" भन्ने अनुमान गर्ने गर्दछौ । एकै भेगमा गाइने
भाकाहरु पनि जातजाति तथा वर्ण्र्ाानुसार फरक-फरक हुने
गर्दछ । तर्सथ नेपालका हरेक गाउँघर, खोला-खोल्सा, बन,
उपत्यका, पहाड, तर्राईको बस्ती र छेक भेगमा प्रशस्तै
लोकर्सजक र लोकभाकाहरु छन् ।
हामीले आफ्नो खुसीका क्षण, मिलनको बेलालाई साँस्कृतिक
पर्व उत्सब तथा मेलाको रुपमा मनाउँदै आएका छौं । अनि
त्यो बेलामा मिठा-मिठा भाकाहरुमा आफ्ना मनका भावहरुलाई
कतै नदी सुसाए जस्तै त कतै सिमल फूलले जस्तै
गुनगुनाउँदै आइरहेकाछौं । आफ्ना हर्क तथा आकर्ष
अभिब्यक्ती चरा, फूल वा त्यस्तै अनेकौं सजिव
निर्जिवलाई सुनाए जसरी सुनाउन चाहेको मान्छेलाई पनि
सुनाउँदै आइरहेकाछौं ।
केटाले आफूलाई मन
पर्ने मायालुलाई यस्तो भाकाले बोलाउँछ, "यो बनमा रैन छ
चरी, चरी भए कराँउथ्यो क्यै गरी ।"
अनि केटी पनि के कम उनले गीतैले माटाको जवाफ ढुङ्गाले
दिन्छिन् । "छन त छ वनमा चरी, कराउँदैन आफ्नो मन नपरी
।"
यसरी आफ्ना मनका भाकाहरुलाई गोठालो जाँदा होस् वा
पानी-पधेरो गर्दा होस् हर्दम् गुन्गुनाई रहन्छन् ।
त्यसैले त हाम्रो जीवन पीडा, कष्ट तथा अभाव भौतिक
सुविधामा भए पनि मन भने सदा स्वच्छ आकाशमा स्वतन्त्र
उडेको चरा झै मुक्त छ, पवित्र छ ।
भेट्न मन लागे भन्छन्, "भेट हुने रैछ बेशी मकै छरे त,
आउने जाने गरे त ।"
छुट्ने बेलामा यस्तै मिठो भाका हाल्छन्, " "हिमालमा
झुल्के घाम लाई सक्यो, विदा हुने समय आई सक्यो ।"
आँखाको सुन्दरतालाई वर्ण्र्ाागर्नु पर्दा भन्छन्, "ऐसेलु
काफलको, पोको पारी दिएको रुमालको, दर्ुइ आँखाको गाजलको
लाग्छ झझल्को ।"
-- सम्पुर्ण
पढ्नुहोस् 
|