JYOTIPUNJA SIGN T.
AAROHAN
KATHMANDU DABLI
M ART THEATRE
NEPAL ACADEMY
NAVASRIJANA
SAAN
SANGYA THEATRE G.
SANSKRITIK Sansthan
SARWANAM THEATRE
SHILPI THEATRE
STUDIO 7
RANGASARATHI
- कृष्ण शाह यात्री
अभिनेता सौगात मल्ल नेपाली रङ्गमञ्चको पछिल्लो दृश्यपटमा उल्लेख्य नाम बन्दै गएको छ । नाटक 'अग्नीको कथा'म आगो खाने झाँक्रीको भुमिकामा होस् वा 'जात सोध्नु जोगीको' मा उट्पट्याङ गर्ने सन्काहा बमे दादाको चरित्रमा होस् अथवा 'बाघः भैरव' मा प्रभावशाली छाप छोड्ने बाघचरित्र नै किन नहोस् सौगातले अभिनयको अनुपम नमुना प्रस्तुत गरेर धेरैको मनमा आफ्नो स्थान बनाईसकेका छन् । परासीका २९ बषर्ीय सौगातले पहिलो पटक राष्ट्रिय नाटक महोत्सव २०५७ मा मञ्चित बीरेन्द्र हमालको नाटक 'सोरठी'मा अभिनय गरेका हुन् । नाटय क्षेत्रमा उनलाई आरम्भमा डोर्याउने काम हमालले नै गरेका हुन् । 'सोरठी' पछि उनले हमालको नाटक 'अमर्ूत' र 'भृकुटि'मा काम गरे । २०५७ सालमा 'जात सोध्नु जोगीको' नाटकको 'बमे' चरित्रका लागि बीरेन्द्र हमाल चयन भएका थिए । आफ्नो समय अनुकुल नभएपछि हमालले 'बमे'को भुमिकामा नवोदित कलाकार सौगातलाई आफ्नो विकल्पको रुपमा अगाडि सारे । शुरुमा निर्देशकद्वारा नपत्याइएका सौगातले पहिलो सहभागितामा नै असंख्य दर्शकहरुको मन मात्रै जितेनन्, अन्य नाटक निर्देशकहरुको रोजाइमा समेचत पर्न थाले । त्यसपछि उनले उनले आरोहण र गुरुकुलसँग आबद्ध भएर आरुका फूलका सपनाहरु, चिहान, डा. कनक, अग्नीको कथा आदि नाटकहरुमा अभिनय गरे । सौगातको अभिनयको शोख स्कूल पढ्दादेखि कै हो । स्कुल पढ्दा दशै/तिहारमा गाउँमा हुने राम लिलामा उनी जहिले पनि छानिन्थे । सात दिनसम्म चल्ने रामलिला हर्ेन वरिपरिका बीसौं गाउँका मानिसहरु ओईरिन्थे । सौगाम हिन्दिमा नै जोडदार तरिकाले सम्वाद भन्थे । चिनेजानेकाहरुले धाप मार्थे र उनलाई लाग्थ्यो, "मैले पछि गएर साँच्चै नै कलाकार नै पो बन्नु पर्छ कि क्या हो । "नभन्दै जब उनी ८ बर्षघि परासीबाट कलेज पढ्न भनी काठमाडौं पसे । सबैभन्दा पहिला अभिनय सिकाईने ठाउँको खोजीको चक्करमा लागे । त्यो बेला चलचित्र 'पुनार् इन्ष्िटच्युट'बाट एफिलेशन गर्राई अभिनय सिकाउनका लागि 'आमार् इष्टिच्युट' भर्खरै खुलेको थियो । सौगात भन्छन्, "मैले एक बर्षो अवधिका फिल्मसम्बन्धी धेरै कुरा जाने । त्यसपछि दाग र पंक्षी भन्ने फिल्ममा छोटो भुमिका पनि गरें" । पछिल्लो समयमा गुरूकुलसँग आबद्ध रहेका सौगातले हालै भुषण दाहालको फिल्म 'कागबेनी' मा मुख्य भूमिकामा अभिनय गरेका छन् जसबाट उनी निकै आशावादी समेत देखिन्छन् । सौगातको फर्ुसदको शोख रामगोपाल वर्माका फिल्म हर्ेर्ने र अबलेयर कामू, विजय तेन्दुलकरका कृति पढ्न पढ्नु हो । सौगातबारे नाटक निर्देशक सुनील पोखरेल भन्छन्, "अभिनय गर्दा सौगातको संवाद सम्प्रेषण, शरीरमाथिको लचकता र नियन्त्रण प्रभावशाली देखिन्छ । ऊभित्र राम्रो संभावना छ ।" समग्रमा भन्नु पर्दा सौगात युवा पुस्ताका कुशल अभिनेता हुन् । उनको अविरल नाटययात्राको कामना !
Seprate Academy for Music and Drama
मञ्चमा 'त्यो योद्धा को हो ?'
मुगुमा आरोहण !
Sarwanam In Its Own Theatre
Sign up to get Free...
Poetic Invasion
Dabali And Folk Plays
www.nepaliwedding.co.nr
Put Your Wedding Moments Here
To Cherish For Your Life Time